अल्पकालीन उद्देश्य:

  • खाद्यान्न, तरकारी तथा नगदे बाली व्यवस्थापनमा कृषि अनुसन्धानबाट सिफारिस उन्नत प्रविधिको समुचित प्रयोग गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न कृषकहरुलाई उत्प्रेरित गर्ने |
  • स्थानिय श्रोत तथा साधनको अधिकतम परिचालन तथा उपयोग गर्दै आयमुलक तथा उत्पादनशिल प्रविधिहरु र आवश्यकता अनुसार तालिम, उत्पादन सामाग्री, कृषि ऋण, बजार व्यवस्थाको लागि समन्वयात्मक प्रयास अगाडी बढाउने |
  • कृषि प्रसार कार्यक्रम र कृषि पेशालाई मर्यादित र दीगो बनाउन कृषि विकास कार्यक्रम कृषक समूह मार्फत संचालन गर्ने र समूहलाई क्रमशः सहकारीमा परिणत हुन प्रेरित गर्ने |
  • कृषि उत्पादन र वातावरणमा सहयोग पुग्ने कार्यक्रमहरु संचालन गर्ने

दिर्घकालिन उद्देश्य:

  • दिगो कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राख्दै खाद्यान्ना, दलहन, तेलहन, ताजा तरकारी, तरकारी बीउ, नगदेबाली जस्तै मसला बाली, च्याउ खेती तथा मौरीपालन जस्ता आय तथा रोजगारीमूलक व्यवसायिकहरुको उत्पादकत्वमा परिमाणात्मक एवं गुणात्मक वृद्धि गरी ग्रामिण जनताको आर्थिक स्तर सुधार्ने |
  • व्यवसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास गर्दै खाद्य तथा पोषण सुरक्षा सुनिश्चितता संगै रोजगारी सिर्जना र गरिबी न्यूनीकरण तथा सन्तुलन कृषि क्षेत्रको योगदान बढाउने |